अर्थमन्त्रीसँग भेट्न अब क्युआर कोडमार्फत अग्रिम समय लिनुपर्ने
६ श्रावण २०८३, बुधबार १८:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरोकारवाला, विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकसँगको भेटघाटका लागि निश्चित दिन र समय निर्धारण गरेका छन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार अब भेटघाट हरेक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म हुनेछ।
सचिवालयले भेटघाटलाई व्यवस्थित र सहज बनाउन इच्छुक आगन्तुकलाई उपलब्ध गराइएको क्युआर कोडमार्फत भेटघाटको विषय उल्लेख गरी अग्रिम समय तालिका (अपोइन्टमेन्ट) निर्धारण गर्न अनुरोध गरेको छ।
सचिवालयका अनुसार पूर्वनिर्धारित समय तालिकाअनुसार भेटघाट सञ्चालन गरिने भएकाले सम्बन्धित सबैलाई सोही व्यवस्था अपनाउन आग्रह गरिएको छ।












