डिम्याट र मेरो सेयरमा एनआईसी एसिया क्यापिटलको आकर्षक योजना, लाइफटाइम नवीकरणको अवसर

७ श्रावण २०८३, बिहीबार ११:४६

काठमाडौं । एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि डिम्याट र मेरो सेयर सेवामा विभिन्न छुट तथा विशेष अफर सार्वजनिक गरेको छ।

क्यापिटलले निक्षेप सदस्य सेवाअन्तर्गत ग्राहकलाई निःशुल्क डिम्याट खाता, विद्यार्थी लक्षित विशेष योजना तथा सीमित अवधिका लागि डिम्याट र मेरो सेयर खाताको लाइफटाइम नवीकरण सुविधा उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार नयाँ डिम्याट खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट सेवा प्राप्त गर्नेछन्। साथै, पहिलो वर्षको डिम्याट नवीकरण शुल्क पनि लाग्ने छैन। ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै सेवा थप डिजिटल र सहज बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ।

पुँजी बजारमा विद्यार्थीको सहभागिता बढाउने लक्ष्यसहित ‘एनआईसी एसिया स्टुडेन्ट डिम्याट अकाउन्ट’ योजना पनि सञ्चालनमा ल्याइएको छ। यस योजनाअन्तर्गत विद्यार्थीले निःशुल्क डिम्याट खाता, पहिलो वर्षको नवीकरण शुल्क छुट तथा निःशुल्क मेरो सेयर दर्ता सुविधा पाउनेछन्।

यसैबीच, सीमित अवधिका लागि डिम्याट र मेरो सेयर खाताको लाइफटाइम नवीकरण योजना पनि सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार तोकिएको एकमुष्ट शुल्क तिरेपछि ग्राहकले आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण सुविधा लिन सक्नेछन्। यो योजना साउन मसान्तसम्म मात्र लागू रहने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*