नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
७ श्रावण २०८३, बिहीबार १४:५२

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको हो।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दिपक भट्ट समेत भएको बीमा ऐन, २०७९ अन्तर्गत र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका रिमाललाई सीआईबीले आज पक्राउ गरेको हो।
उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर ७ सिफलबाट सीआईबीको टोलीले पक्राउ गरेको हो। उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ। पक्राउ परेका मृगेन्द्रनाथ रिमाल नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।











