बीमा समितिलाई प्रदेश स्तरमा शाखा विस्तार गर्ने सञ्चालक समितिको निर्णय

६ मंसिर २०७८, सोमबार २०:४८

काठमाडौं । बीमा समितिको आज बसेको सञ्चालक समितिको बैठकले प्रदेशस्तरमा बीमा समितिको शाखा कार्यालय विस्तार गर्ने निर्णय गरेको छ । आज बसेको बीमा समितिको बैठक बीमाको पहुँच कम भएका प्रदेशमा शाखा विस्तार गर्ने र विस्तारै ७ वटै प्रदेशमा शाखा विस्तार गर्ने निर्णय गरिएको बीमा समिति स्रोतले जनाएको छ ।

समितिले प्रदेश नं सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं २ मा शाखा विस्तार गर्ने भएको छ । समितिले प्रदेशमा शाखा विस्तारको लागि अध्ययन कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।

नेपालमा सञ्चालित १९ जीवन बीमा र १० वटा निर्जिवन बीमा कम्पनीहरु देशका सबै जिल्ला तथा स्थानीय तहसम्म पुगेर शाखा कार्यालयमार्फत सेवा दिइरहेका छन् । बीमा समिति केन्द्रमा मात्रै हुँदा प्रदेशमा नियमन थप प्रभावकारी बनाउन शाखा विस्तारको अबधारणा अघि सारिएको हो । उक्त समस्या निराकरणका लागि बोर्डको बैठकले पँहुच विस्तार कम भएका प्रदेशबाट शाखा कार्यालय विस्तार गर्ने निर्णय गरेको छ ।

हाल राजधानी उपत्यकाको ललितपुरस्थित कुपण्डोलमा रहेको एक मात्र कार्यालयबाट बीमा समितिले सेवा प्रवाह गरिरहेको छ । बीमा समितिमा सामान्य उजुरी गर्नु मात्रै पर्यो भने संघीय राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता छ । उक्त समस्या निराकरण गर्न बोर्डले शाखा विस्तार गर्ने निर्णय गरेको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।

स्रोतका अनुसार आजको बैठकमा बीमा कम्पनीहरुको दायित्व बढेसँगै कम्पनीहरुको हालक कायम रहेको चुक्ता पुँजी बढाउने मोडालिटीमा छलफल भएको बुझिएको छ । सो सम्बन्धमा थप छलफल अघि बढाएर आवश्यक निर्णय लिने जनाइएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य सिलवालले लाइसेन्स खुल्ला गर्ने सम्बन्धी कुनै नयाँ निर्णय नभएको जनाएका छन् । आजको बैठकमा दुई जना सञ्चालक, सदस्य सचिव अध्यक्षको मात्रै उपस्थिति रहेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*