खर्च नियन्त्रणको प्रयासबीच वाणिज्य बैंकहरूको कार्यालय सञ्चालनमा साढे ३३ अर्ब खर्च, कुनको कति ?

काठमाडौँ । ११ महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा ३३ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्ममा मसान्तसम्मको अवधिमा कार्यालय सञ्चालनमा ३३ अर्ब ४४ करोड ३ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गरेको हो ।
अघिल्लो आर्थिक वर्प २०८१।०८२ को सोहि अवधिको तुलनामा ०.५१ प्रतिशत मात्रै बढी हो । अघिल्लो आर्थिक वर्षको ११ महिनासम्ममा बैंकहरुले ३३ अर्ब २७ करोड ११ लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका थिए ।
बैंकहरूको कार्यालय सञ्चालन खर्च भनेको बैंकले आफ्नो दैनिक कामकाज सहज रूपमा चलाउनका लागि गर्ने नियमित खर्चहरू हुन् । यसमा कार्यालय भाडा, बिजुली–पानी–इन्टरनेट जस्ता सेवा शुल्क, कम्प्युटर तथा प्रविधि प्रणालीको मर्मतसम्भार, सुरक्षा, सरसफाइ तथा प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित खर्चहरू समेटिन्छन् ।
पछिल्लो समय बैंकहरु कार्यालय सञ्चालन खर्च घटाउने तिर लागि परेको देखिन्छ । नेपाल राष्ट्र बैंकले शाखा गाभ्न वा समायोजन गर्ने सहज नीति ल्याएसँगै बैंकहरु शाखा संख्या घटाएर तिर लागि परेको देखिन्छ । सोहि कारण पनि कार्यालय सञ्चालन खर्चमा बैंकहरु लागि परेको देखिएको हो ।
११ महिनामा सर्वाधिक कार्यालय सञ्चालन खर्च गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले यसअवधिमा २ अर्ब ९६ करोड ३४ लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १.६२ प्रतिशतले कम हो ।
सर्वाधिक कार्यालय सञ्चालनमा खर्च गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकले ११ महिनामा २ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ६.८३ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कार्यालय सञ्चालन क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.१६ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १७ लाख, लक्ष्मी सनराइज बैंकको ९.६० प्रतिशतले बढेर २ अर्ब ७ करोड ६० लाख, एनआईसी एशिया बैंकको १३.२० प्रतिशतले घटेर १ अर्ब ९८ करोड ७४ लाख, हिमालयन बैंकको ३.०१ प्रतिशतले बढेर १ अर्ब ९६ करोड र प्रभु बैंकको १२.१३ प्रतिशतले घटेर १ अर्ब ९१ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा आरबिबिले १ अर्ब ६० करोड, एनएमबि बैंकले १ अर्ब ५१ करोड, कुमारी बैंकले १ अर्ब ४९ करोड, एभरेष्ट बैंकले १ अर्ब ४८ करोड, कृषि विकास बैंकले १ अर्ब ४४ करोड, सिटिजन्स बैंकले १ अर्ब २९ करोड, सानिमा बेंकले १ अर्ब २६ करोड, नेपाल बैंकले १ अर्ब २६ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब २१ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब १ करोड रुपैयाँ कार्यालय सञ्चालन खर्च गरेका छन् ।
सबैभन्दा प्राइम बैंक र स्टान्र्डड चार्टड बैंकले कार्यालय सञ्चालनमा खर्च गरेका छन् । समिक्षा अवधिसम्ममा क्रमशः १ अर्ब ३० लाख र ७७ करोड ९१ लाख रुपैयाँ खर्च भएको देखिएको हो ।











