स्रोत नखुलेको ६ लाख ६५ हजार नगदसहित उपसचिव पक्राउ

८ श्रावण २०८३, शुक्रबार १२:१३

काठमाडौँ ।  विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगदसहित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।

प्रहरीका अनुसार गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका दोलखाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङलाई नियमित सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

विमानस्थलको सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो रङको झोलाभित्र लुकाइराखिएको अवस्थामा एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद नगदको वैधानिक स्रोतबारे सोधपुछ गर्दा तामाङले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*