इच्छाकामनाका ३४ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

८ श्रावण २०८३, शुक्रबार १३:२१

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

लालपुर्जा वितरणसँगै वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले कानुनी रूपमा आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको जनाएको छ ।

वास्तविक भूमिहीन परिवारलाई जग्गाको स्वामित्व दिलाई सुरक्षित बसोबासको सुनिश्चितता गर्ने तथा दीर्घकालीन रूपमा भूमिसम्बन्धी समस्या समाधान गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*