आज यी कम्पनीमा ओइरिए लगानीकर्ता
८ श्रावण २०८३, शुक्रबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३ को विन्दुमा कायम भएको छ । यस दिन ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसमध्ये आज रिडी पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, कुमारी बैंक, आँखुखोला जलविद्युत कम्पनी र कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक कारोबार भएको छ।
त्यसपछि रिलायन्स स्पिनिङ्ग मिल्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनी, एसवाई प्यानल नेपाल र श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको शेयर अधिक किनबेच भएको छ।












