बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्रयाकिङ्ग प्रणाली लागू, कसरी हुन्छ काम ?

८ श्रावण २०८३, शुक्रबार १६:४४

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ्ग प्रणाली लागू गर्ने भएको छ ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई यस किसिमको डिजिटल ट्रयाकिङ्ग प्रणाली तीन महिनाभित्र लागू गर्न निर्देशन दिएको हो ।

बीमितले दाबीको सूचना बीमकलाई दिने देखिबीमकले दाबी भुक्तानी गर्दा सको त्येक चरणको जानकारी बीमितले पाउने बिषयमा डिजिटल ट्र्याकिङ्ग प्रणालीमा रहेको हुने प्राधिकरणका उप निर्देशक हृदयश्वर पण्डितले बताएका छन् । बीमितहरुको सहजताको लागि प्राधिकरणले यस सेवा थप गर्न लागिएको उनले बताए ।

सरकारदेखि सर्वसाधारणसम्म बीमा दाबीमा भएको झन्झटिलो सेवाको गुनासोलाई मध्यनजर गर्दै प्राधिकरणले यस प्रकारको निर्देशन दिएको हो । यसअघि प्राधिकरणले बीमितको गुनासो सुन्ने बिषयमा बीमितहरुलाई सहजीकरण गरिदिसकेको छ।

बीमकको दाबी व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी, प्रभावकारी एवम् प्रविधिमैत्री बनाउन तथा बीमितलाई आफ्नो दाबीको अवस्थाबारे वास्तविक समयमा जानकारी प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न दाबी प्रक्रियाको डिजिटल ट्र्याकिङ्ग प्रणाली (बीमितले दाबीको सूचना बीमकलाई दिने देखि बीमकले दाबी भुक्तानी गर्दा सम्मको प्रत्येक चरणको जानकारी बीमितले पाउने प्रणाली) तीन महिना भित्र तयार गरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*