हिमालयन लाइफको डेपुटी सिईओमा बिभोर झा र दिनेश अमात्य नियुक्त हुँदै
८ श्रावण २०८३, शुक्रबार १७:३६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओद्धयमा बिभोर झा र दिनेश अमात्य नियुक्त हुने भएका छन् ।
आइएमई लाइफमा हाल डेपुटी सिईओको जिम्मेवारी सम्हालिरहेका अमात्य र सानिमा बैंकबाट बैंकिङ्ग क्षेत्रको जिम्मेवारी सम्हालिरहेका बिभोर झालाई हिमालयन लाइफको डेपुटी सिईओको जिम्मेवारी दिन लागेको कम्पनीको स्रोतका अनुसार खुलेको छ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि भने तीन जनाको छनोट प्रकृयामा रहेको बुझिएको छ ।











