सानिमा क्यापिटलकी रश्मी रिजालले गरिन् कारभित्र आत्मदाह
९ श्रावण २०८३, शनिबार २२:१५

काठमाडौं । सानिमा क्यापिटलकी रश्मी रिजालले कारभित्र आत्मदाह गरेकी छिन् ।
तारकेश्वर नगरपालिका( ९, शुभकामना चोककी ४५ वर्षिया रश्मी रिजालले आत्मदाह गरेकी छिन् । तारकेश्वरको साङ्गलाखोला–पटापुमा कारभित्र उनी मृत फेला परेकी हुन् ।
सीसीटीभी फुटेज विश्लेषणपछि उनले आफैंले चलाएको गाडी पार्किङ गरेर गाडीभित्रै आगो लगाएको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ता रूपमा कार्यरत थिइन् । केही दिनदेखि उनी अफिसभित्र तनावमा रहेको बुझिएको छ ।











