नेशनल लाइफले ३०० अभिकर्तालाई सम्मानसँगै दियो विशेष प्रशिक्षण

११ श्रावण २०८३, सोमबार १४:४१

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु लगायत कम्पनीका बरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिती रहेको थियो ।

समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले आर्थिक बर्ष २०८३/८३ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचाङ्कमा उत्कृष्टता हासिल गर्न सफल भएकोमा यस सफलताका लागि सहयोग गर्ने नियमनकारी निकाय, ग्राहक वर्गहरु, अभिकर्ता साथीहरु लगायतं कम्पनीसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । साथै नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकवर्गहरुलाई अझ वढि सेवा र सुविधा प्रदान गर्न थप जिम्मेवार भएर आआफ्नो स्थानबाट सहयोग गर्दै अघि बढाउन निरन्तर साथ मिल्ने अपेक्षा सहित अभिकर्ता संजाललाई थप मजबुत बनाउने तर्फ कम्पनीको विशेष ध्यान रहने विचार व्यक्त गरे ।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधी एमडिआरटीको लक्ष्य पुरा गर्नका लागि अपनाउनु पर्ने किृयाकालपहरुको बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै गहन प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमको समापनतर्फ स्ट्याण्ड अप कमेडीयन सुमन कार्कीको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने कन्सर्टको मूख्य आरम्भ नेपलाका चर्चित गायक दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको लाईभ प्रस्तुती र चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा सहभागि अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*