हिमालयन लाइफका निमित्त सीईओ अमात्यले गरे पदभार ग्रहण

११ श्रावण २०८३, सोमबार १७:२५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशबहादुर अमात्यले पदभार ग्रहण गरेका छन्।

कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो। सो निर्णय आजदेखि लागू भएको हो।

निर्णयअनुसार अमात्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा पदभार सम्हालेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*