१० हजार रुपैयाँ घुससहित गौरीगञ्ज–१ का वडा सचिव अजय कुमार साह पक्राउ

११ श्रावण २०८३, सोमबार १८:४२

काठमाडौँ ।  झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग घुस मागेर दुःख–हैरानी दिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको हो।

आयोगले सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा साहलाई सोही वडास्थित एक स्थानीय होटलबाट उक्त रकमसहित आज पक्राउ गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*