निरन्तर शेयर बजार ओरालो लागेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे धितोपत्र बोर्डको भ्रमण

११ श्रावण २०८३, सोमबार २०:२४

काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय अनुगमन गरी पूँजी बजार विकास सम्बन्धमा मार्गदर्शन दिएका छन् । निरन्तर शेयर बजार ओरालो लागेपछि स्वर्णिम वाग्लले धितोपत्र बोर्डको भ्रमण गरेका हुन् ।

अर्थमन्त्रीले उक्त भ्रमणका अवसरमा आयोजित कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालयका उच्च पदाधिकारहरू, बोर्डको सञ्चालक समितिका सदस्यज्यूहरू एवं बोर्डका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले बोर्डका तर्फबाट माननीय मन्त्री एवं विशिष्ट अतिथिको स्वागत गरेका थिए ।

बोर्ड अध्यक्षले माननीय मन्त्रीलाई स्वागत गर्दै पूँजी बजारको विकास तथा विस्तारका लागि बोर्डबाट अगाडि बढाइएका कार्यहरूको संक्षेपमा जानकारी गराउनुभएको थियो । उक्त क्रममा बोर्ड अध्यक्षज्यूले पूँजी बजारको Overall vision sf] ¿kdf Capital Market Development Blueprintतयार भई लागू गर्नुका साथै आ.व. २०८३।८४ को पूँजी बजार नीति र कार्ययोजना समेत कार्यान्वयन शुरुवात भईसकेको जानकारी गराउनुभएको थियो ।

त्यस्तै, पूँजी बजार विकासका लागि बोर्डले लिएका दिशा सम्बन्धमा अर्थमन्त्रीज्यूलाई जानकारी गराउँदै बोर्डबाट २०८३ साउन महिनाभित्र प्राथमिक तथा दोश्रो बजारमा उपकरणहरू (जस्तै प्रारम्भिक सार्वजनिक निष्कासन , अन्तरदिवसीय कारोबार लगायतका चालू आ.व. २०८३।८४ को नीति तथा कार्यक्रममा तय गरिएका विभिन्न क्षेत्रका ऋयलकगतिबतष्खभ एबउभचक, नियम/निर्देशिका तयार गर्ने र सोमा प्राप्त सुझावका आधारमा २०८३ भाद्र महिनादेखि सरोकारवालाहरूसँग परामर्श शुरु गरी नीति, नियम, निर्देशिकालाई आवश्यक परिमार्जन गर्ने योजना रहेको जानकारी गराउनु भयो । सोही क्रममा बोर्ड अध्यक्षले पूँजी बजार विकासमा विद्यमान चुनौती र समस्या तथा पूँजी बजार नीति निर्माण र बोर्डका कर्मचारीको कार्य उत्प्रेरणा जगाउन नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न एवं अन्य आवश्यक सहयोगको लागि मन्त्रालयबाट सहजीकरणका लागि समेत माननीय मन्त्रीज्यूलाई अनुरोध गर्नुभएको थियो ।

माननीय अर्थ मन्त्रीज्यूले बोर्डको भ्रमणको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बोर्डबाट नियामकीय गुणस्तर मा अभिवृद्धि गर्दै उच्च नैतिकतासहित पूँजी बजार विकास कार्य अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले नवनियुक्त अध्यक्ष नियुक्तिसँगै बोर्डले लिएर अगाडि बढेको तथा बजार विकासको गति समाएर अगाडि बढन खोज्दा बजारमा सकारात्मक सन्देश पुगेको बताउनुभयो ।

सोही क्रममा उहाँले वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकको जतिकै सशक्त भूमिका रहेको नेपाल धितोपत्र बोर्डलाई सोही हैसियतमा पुग्ने गरी कार्य अगाडि बढाउन समेत निर्देश गर्नुभयो ।

अर्थमन्त्री बोर्डलाई विचलन बिना गह्रुँगो च्भनगबितयच को रूपमा विकास सँगै नेपालमा बढदो डिम्याट सँग लगानीकर्ताको अपेक्षा निकै बढेको हुँदा सोही अनुरूप संस्थागत विकासका लागि समेत निर्देशन दिनुभयो। सम्बोधनका क्रममा बोर्डबाट नीति निर्माण गर्दा एयष्तिष्अब–िभ्अयलयmथ को कोणबाट नीति निर्माण गरी सम्बद्ध पक्षहरूसँग पर्याप्त छलफल पश्चात लागू गरेमा बजारको दिगो विकासमा सघाँउ पुग्ने भएकोले बोर्डको ध्यान त्यतातर्फ हुनुपर्नेमा जोड दिनुभयो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*