नेप्सेको नयाँ सिईओ छनोट प्रकृया सुरु, महेश आचार्यको संयोजकत्वमा बन्यो छनोट समिति

११ श्रावण २०८३, सोमबार २१:३१

काठमाडौं । नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु भएको छ।

वर्तमान सिइओ चुडामणि चापागाईँले आफ्नो कार्यकाल सकिनु अगावै गत असार २२ गते राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि अर्थ मन्त्रालयले नयाँ नेतृत्व चयनको प्रक्रिया थालेको हो।मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको छ।

नेप्सेका वर्तमान अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले सिइओ छनोटका लागि समिति गठन भएको पुष्टि गरेका हुन्। \नयाँ नेतृत्व चयनका लागि मन्त्रालयले सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिसकेको छ, लम्सालले भने,अब यो समितिले कार्यविधि तयार गरी भोलि सार्वजनिक विज्ञापनमार्फत आवेदन माग गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*