प्रोग्रेशिभ फाइनान्सको २ लाख १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१२ श्रावण २०८३, मंगलवार १०:१९

काठमाडौं । प्रोग्रेशिभ फाइनानस लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र सञ्चालक समिति समक्ष आवेदन दिनु पर्नेछ । तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*