बजेट कार्यान्वयनमा निजी क्षेत्रको साथ खोज्दै अर्थमन्त्री, तीन दर्जन उद्योगपतिसँग आज विशेष छलफल

१२ श्रावण २०८३, मंगलवार १०:२५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालका अग्रणी उद्योगपतिहरूसँग विशेष छलफल गर्ने भएका छन्।

अर्थमन्त्रीको सचिवालयका अनुसार उत्पादनमूलक उद्योग सञ्चालन गर्दै मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिलाई सहभागी गराएर अर्थ मन्त्रालयमा ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना गरिएको हो।

छलफलमा अर्थमन्त्री डा. वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीलगायत अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरूको पनि सहभागिता रहने सचिवालयले जनाएको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार कार्यक्रम आज अपराह्न ३ बजेदेखि अर्थ मन्त्रालयमा सुरु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*