सुनको मूल्यमा भारी गिरावट, मंगलबार प्रतितोला कति ?

१२ श्रावण २०८३, मंगलवार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा चार हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ६५५ रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३१० रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*