सुख्खा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

१२ श्रावण २०८३, मंगलवार १०:४८

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत खहरे खोला नजिकै सुख्खा पहिरो जाँदा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज साउन १२ गते मंगलबार बिहान करीब ९ बजेको समयमा मुग्लिन नजिकै रहेको खहरे खोलामा अचानक सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सो मार्ग भएर चल्ने सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । सो सडक खुलाउनका लागि पहिरो पन्छाउने काम भइरहेको छ ।

मशिन उपकरण र जनशक्ति सहित भएर पहिरो पन्छाउने काम तीव्र गतिमा अघि बढाइएको छ । अबको करीब एक–डेढ घण्टाभित्र सडक खुलाउने प्रयास भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*