आईजीनको व्यवस्था अघि नबढाउने तयारीमा धितोपत्र बोर्ड

१२ श्रावण २०८३, मंगलवार १५:०९

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्ने भएको छ । करिब एक वर्ष अघि नेपालको पुँजी बजारलाई व्यवस्थित बनाउन भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ नयाँ निर्देशिका ल्याएको थियो ।

बोर्डका अध्यक्ष गोपाल भट्टले केही दिनअघि पत्रकारहरूसँगको भेटमा यस्तो सङ्केत गरेका हुन् । उनले सीडीएससीले एक वर्षअघि पठाएको डबल आईजीन सम्बन्धी कार्यविधि अगाडि नबढाउने स्पष्ट सङ्केत गरेका छन् ।

उक्त निर्देशिकामा सीडीएससीले संस्थापक (प्रमोटर) र साधारण सेयरलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईजीन) प्रदान गर्ने व्यवस्था गरेको छ । तर उक्त कार्यविधि एक वर्षसम्म बोर्डमा थन्कियो ।
तत्कालीन बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उक्त कार्यविधिलाई अघि बढाएनन् । तर अहिले बोर्डमा नयाँ अध्यक्ष गोपाल भट्टले जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष भट्टले विगतमा थन्किएर र अड्किएर बसेका सबै फाइल अध्ययन गरेर अघि बढाउने तयारी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*