हकप्रद निष्कासनको माग गर्दै एनआईसी एसिया बैंक र चन्द्रागिरी हिल्सले दिए बोर्डमा आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा एनआईसी एसिया बैंक लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडले हकप्रद शेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएका छन् ।
एनआईसीले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन दिएको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
बैंकको बिक्री प्रबन्धकका रूपमा एनआईएएमबी एस क्यापिटल नियुक्त गरिएको छ ।
त्यस्तै, चन्द्रागिरी हिल्स लिमिटेडले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७ हजार ९५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।











