नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष गोल्छासँग एक करोड धरौटी मागियो

१२ श्रावण २०८३, मंगलवार १९:२६

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा हिमालयन रि इन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्ष शेखर गोल्छासँग जिल्ला अदालत काठमाडौंले एक करोड धरौटी माग गरेको छ । बीमा कसुर तथा धितोपत्र सम्बन्धी कसुरमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

हिजो आफै आफैं जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर बयान दिएका गोल्छाको आज थुनछेक बयान भएको थियो । थुनछेक बयानपछि जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गोल्छालाई बीमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ गरी कूल एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनी पक्राउ परेर बन्दी प्रत्यक्षीकरणबाट पहिल्यै छुटेका थिए । मुद्दा दर्ता हुँदाका बखत अनुपस्थित भनेर अभियोगपत्र दायर गरिएकोले उनी थुना बाहिरै थिए । अब तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*