नेपाल माइक्रो इन्स्योरेन्सका निलम्वित सिईओ मृगेन्द्रनाथ रिमाल २५ लाख धरौटीमा रिहा

१२ श्रावण २०८३, मंगलवार २०:५४

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्वित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल आज २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । गत साउन ७ गते पक्राउ परेका सिईओ रिमाललाई प्रहरीले आज विशेष अदालतमा थुनछेक बहसका लागि प्रस्तुत गरेको थियो । बिशेष अदालतका एक उच्च अधिकारीले निलम्वित सिईओ रिमाल २५ लाख रुपैयाँ धरौटमा रिहा भएर घर गएको पुष्टी गरेका छन् ।

बिशेष अदालतको इजलासले मुद्दा नं ०८२-CR-०१४५ को मुद्दामा रिमाललाई २५ लाख रुपैयाँ धरौटी राखेर तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न अनुमति दिएपछि धरौटीमा रिहा भएका हुन् । रिमालको परिवारले २५ लाख रुपैयाँ नगदै धरौटी राखेर अदालतबाट तारेखमा घर लगेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौं महानगरपालिका ७, सिफलबाट रिमाललाई पक्राउ गरेको थियो । रिमाल विरुद्धमा सम्पत्ति शुद्धिकरण मुद्दा चलाइएको थियो ।

विशेष अदालतमा मंगलबार भएको थुनछेकको बहस पछि न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलाशले धरौटीमा छोड्ने आदेश जारी गरेको हो।

सम्पत्ति शुद्धिकरणको मुद्दा लागेको रिमालले २५ लाख रुपैयाँको स्रोतमाथि पुनः छानविन हुने सम्भावना पनि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*