कप्तानगञ्ज घटनाका पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कडा कारबाही गर्ने सरकारको प्रतिबद्धता

१३ श्रावण २०८३, बुधबार ०७:२३

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–२ कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार जारी प्रेस विज्ञप्तिमा सरकारले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको जनाएको छ । साथै घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइसकिएको पनि जनाएको छ ।

सरकारले घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि जनाएको छ । कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा झडपबाट सम्भव नहुने भन्दै सरकारले सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कमजोर बनाउने गतिविधिमा संलग्न नहुन तथा उक्साहटपूर्ण वा भ्रामक सूचनाको पछि नलाग्न सबैलाई अपील गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*