सुर्खेत र अछाम चल्ने फोर्स गाडी दैलेखमा दुर्घटनाग्रस्त, चार घाइते

१३ श्रावण २०८३, बुधबार ११:१७

काठमाडौँ ।  दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी बुधबार बिहान दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहान करिब ८ बजे भएको दुर्घटनामा गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

गाडीमा चालकसहित ६ जना सवार रहेकामा दुई जना सकुशल रहेका छन् भने चार जना घाइते भएका छन्। घाइतेमध्ये अछामको कमलबजार नगरपालिका–६ हात्तिबाजका चक्र शाही र सुमन शाहीको पहिचान खुलेको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेको परिचय खुल्न बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*