एनएमबि लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

१३ श्रावण २०८३, बुधबार ११:४०

काठमाडौं । पोखरास्थित एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न विभागका लागि कर्मचारी माग गरेको छ । संस्थाले खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्न सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन मागेको हो ।

संस्थाले आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि, शाखा प्रमुख र फिल्ड सहायक विभागका विभिन्न पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले साउन २७ गते कार्यालय समयभित्र संस्थाको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

अधिकृत तहका लागि २१ देखि ४० वर्ष र सहायक तहका लागि १८ देखि ३५ वर्ष उमेर सीमा तोकिएको छ । महिला उम्मेदवारलाई अधिकतम उमेरमा ५ वर्ष थप छुट दिइनेछ । छनोट प्रक्रिया अन्तर्गत अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षण हुनेछ । छोटो सूची भदौ १ गते प्रकाशित गरिने तथा भदौ ६ गतेदेखि अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षण सुरु हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*