निर्जीवन बीमा कम्पनीद्धारा चौथौ त्रैमाससम्ममा साढे ५० अर्बको व्यवसाय, कुनको कति ? (तथ्यांक सहित)
१३ श्रावण २०८३, बुधबार १२:११

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा साढे ५० अर्बको बीमा व्यवसाय गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ५० अर्ब ६० करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएका हुन् ।
यस अवधिसम्ममा शिखर इन्स्योरेनसले सर्वाधिक कारोबार गर्न सफल भएका छन् । कम्पनीले असार मसान्तसम्ममा ६ अर्ब ५१ करोडको कारोबार गर्न सफल भएका छन् ।
दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ४२ करोडको कारोबार गर्न सफल भएको छ।
तेस्रोमा हिमालयन एभरेष्ट रहेको छ। कम्पनीले यस अवधिसम्माम ५ अर्ब ३७ करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ।












