कोहलपुरमा सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु

१३ श्रावण २०८३, बुधबार १३:४३

काठमाडौँ ।  बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्यांकीमा बुधबार बिहान करिब ९ बजे काम गर्ने क्रममा उनीहरू फसेका थिए।

घटनापछि प्रहरी र स्थानीयको सहयोगमा जेसिबी प्रयोग गरी सेप्टिक ट्यांकी फुटाएर तीनै जनालाई बाहिर निकालिएको थियो। उनीहरूलाई बाहिर निकाल्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ निवासी अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

तीनै जनाको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*