चिकित्सक र सरकारबिच वार्ता, आजै सहमति गर्ने प्रयास

१३ श्रावण २०८३, बुधबार १७:४३

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबिच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता चलिरहेको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको र आजै सहमति गर्ने प्रयास भइरहेको स्रोतको भनाइ छ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५४ वर्षीय राजकुमार पटेलको मृत्युपछि आफन्त र स्थानीयले गरेको तोडफोड तथा चिकित्सकमाथिको कुटपिटको घटनालाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा रहेका हुन् ।

वार्तामा सहभागी नेपाल चिकित्सक संघका महासचिव डा। विश्वराज दवाडीले आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबिच भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको र आजै साँझसम्म सहमति जुट्न सक्ने आशा रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*