तीन बैंकलाई राष्ट्र बैंकको नगद जरिवाना, कुनलाई कति ?
१३ श्रावण २०८३, बुधबार १७:५७

काठमाडौं । तीन विकास बैंक राष्ट्र बैंकले नगद जरिवाना छ। मितेरी डेभलपमेन्ट सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको नगद जरिवानामा परेका हुन् ।
राष्ट्र बैंकले बैंकहरुलाई निश्चित अवधिभित्र अनिवार्य नगद मौज्दात कायम नसकेको भन्दै जरिवाना गरेको हो ।
यी बैंकहरुले २०८२ पुस १३ गतेदेखि फागुन ९ गतेसम्मको अवधिका लागि अनिवार्य नगद मौज्दात कायम नसकेको राष्ट्र बैंकले जनाएको छ।
सिन्धुलाई २.८४ रुपैयाँ, सप्तकोशीलाई १० हजार २५३.८५ रुपैयाँ र मितेरीलाई १८ हजार ५०५.७१ रुपैयाँ नगद जरिवाना गरिएको छ। यो कारबाही राष्ट्र बैंकको राष्ट्र बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गरेको हो।











