आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै
१४ श्रावण २०८३, बिहीबार ०७:५७

काठमाडौं । आज साउन १४ गते बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बिन्धत समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी सभामुख डोल प्रसाद अर्यालले सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।











