लुम्बिनी प्रदेश मन्त्रालय १२ बाट आठमा झर्यो

१४ श्रावण २०८३, बिहीबार ०८:२२

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालय घटाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहेक आठ मन्त्रालय रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो ।

यसअघि लुम्बिनी प्रदेशमा १२ मन्त्रालय रहेकोमा अब भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आठवटा मन्त्रालय मात्रै रहने भएका छन् । नयाँ संरचनामा युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रलायमा समायोजन गरिएको छ ।

त्यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज गरिएको छ भने उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला, कानून मन्त्रालयमा गाभिएको छ । यता ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई शहरी विकास मन्त्रालयमा समायोजन गरिएको छ । वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थपेर वन, वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*