१ अर्ब ८९ करोड रुपैयाँ हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ

१४ श्रावण २०८३, बिहीबार ०९:३८

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धादिङ घर भई हाल नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले मंगलबार नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट रिजाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी हुण्डीमार्फत १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*