शिव शिखरका थप ५६ बचतकर्ताले पाए बचत फिर्ता

१४ श्रावण २०८३, बिहीबार १०:२८

काठमाडौँ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार ऋण असुलीबाट प्राप्त रकमका आधारमा बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको छ।

समितिले हालसम्म शिव शिखर सहकारीका करिब एक हजार चार सय बचतकर्तालाई रकम फिर्ता गरिसकेको जनाएको छ। पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका साथ भुक्तानी गरिएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने बताइएको छ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गरिँदै आएको स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*