आज काठमाडौंसहित ३१ जिल्लामा बाढीको जोखिम

१४ श्रावण २०८३, बिहीबार १२:०७

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं, भक्तपुर र ललितपुर सहित देशभरका विभिन्न ३१ जिल्लामा बाढीको मध्यम जोमिख रहेको बताएको छ ।

आज ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, वाग्लुङ, म्याग्दीमा बाढीको जोमिख रहेको छ ।

त्यसैगरी हुम्ला, बझाङ्ग, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*