व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ
१४ श्रावण २०८३, बिहीबार १३:०९

स्मार्ट टेलिकम प्रकरणमा व्यावसायी उपेन्द्र महतोलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले सोधपुछ गरेका छन् ।
सोधपुछका लागि प्रहरीले बोलाएपछि बिहीबार उनी आफैँ सीआईबी अफिसमा उपस्थित भएका हुन् । सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
यही प्रकरणमा गत वैशाखमा स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए ।











