कप्तानगञ्ज गोलीकाण्ड: उपचाररत घाइतेको पनि मृत्यु

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो। उनी प्रहरीको गोली लागेर घाइते भएका थिए।
यससँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।
यसअघि आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो।
उक्त घटनामा प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका थिए भने प्रहरीतर्फ पनि ८ जना घाइते भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











