सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु
१४ श्रावण २०८३, बिहीबार १६:२३

काठमाडौँ । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ। स्थानीय प्रशासनका अनुसार उपचारका क्रममा औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको ज्यान गएको हो।
जिल्ला प्रशासन कार्यालय सिरहाले गणेश यादवको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गरेका छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।
प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाका विभिन्न स्थानमा कर्फ्यु आदेशसमेत लागू गरिएको छ।











