मधेसमा तनाव बढेपछि गृहमन्त्री गुरुङ आज कप्तानगञ्ज जाँदै
१४ श्रावण २०८३, बिहीबार १७:०५

काठमाडौँ । सुनसरीसहित मधेसका विभिन्न जिल्लामा हिंसा भड्किएपछि गृहमन्त्री सुधन गुरुङ आज सुनसरीको कप्तानगञ्ज जाने भएका छन्।
बिहीबार साँझ विराटनगर विमानस्थल हुँदै मन्त्री गुरुङ कप्तानगञ्ज पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उनीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि त्यसतर्फ जाने तयारीमा रहेको बुझिएको छ।
मन्त्री गुरुङले प्रहरीको गोली लागेर मृत्यु भएका कप्तानगञ्जका ओमप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी सिराहा जाने कार्यतालिका रहेको स्रोतको भनाइ छ।











