लघुवित्त पीडितसँग समितिको वार्ता सकारात्मक, शुक्रबार निर्णायक छलफल
१४ श्रावण २०८३, बिहीबार १९:०७

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच बिहीबार भएको वार्ता सकारात्मक तथा समाधानउन्मुख बनेको छ। दुवै पक्षबीच विभिन्न मागका विषयमा प्रारम्भिक छलफल भएपछि वार्ता शुक्रबार पुनः बस्ने गरी स्थगित गरिएको हो।
लघुवित्त पीडितसँग संवादका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। सोही टोली र आन्दोलनरत पक्षबीच पहिलो चरणको औपचारिक वार्ता भएको हो।
वार्ता टोलीमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। टोलीको सदस्य सचिवका रूपमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन्।











