साना किसान विकास लघुवित्तको नाफा २५ प्रतिशत घट्यो, आम्दानीमा पनि गिरावट

१५ श्रावण २०८३, शुक्रबार ०८:०६

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा सहित आम्दानीमा गिरावट आएको हो ।

अघिल्लो आवमा ८७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा गत आवमा २५.३६ प्रतिशतको गिरावट सहित ६५ करोड ३१ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । गत आवमा कम्पनीको आम्दानीमा आएको गिरावटका कारण नाफा घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट २९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ३९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । यता कुल सञ्चालन आम्दानी पनि १ अर्ब ८१ करोड २७ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ५४ लाख रुपैयाँमा झरेको छ ।

यससँगै कम्पनीको सञ्चालन मुनाफा पनि १ अर्ब २७ करोड ६३ लाख रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा पनि १ अर्ब ८४ करोड ९१ लाख रुपैयाँबाट घटेर १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँमा कायम भएको छ ।

चुक्ता पूँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ सञ्चिति रहेको छ भने शेयर प्रिमियम १ करोड ८२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २०.२९ रुपैयाँबाट घटेर १३.२६ रुपैयाँमा कायम हुँदा एनपीएल २.९६ प्रतिशत र प्रतिशेयर नेटवर्थ २२१.७६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*