सप्तकोशी डेलभपमेन्ट बैंकको नाफा ह्वात्तै बढ्यो, कस्ता छन् अन्य सूचक ?

१५ श्रावण २०८३, शुक्रबार ०९:२०

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को अन्तिम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा, ईपीएस लगायतका सूचकमा उच्च वृद्धि देखिएको हो ।

अघिल्लो आवमा ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा गत आवमा ८६ प्रतिशतभन्दा धेरैले बढेर १५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

यद्यपि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३ करोड ४५ लाख रुपैयाँबाट केही घटेर २३ करोड ३४ लाख रुपैयाँमा झरेको छ भने कुल सञ्चालन आम्दानी २८ करोड ५८ लाख रुपैयाँबाट घटेर २७ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

ब्याज आम्दानी घटे पनि बैंकको सञ्चालन मुनाफा १० करोड ६८ लाख रुपैयाँबाट बढेर २१ करोड ४९ लाख रुपैयाँ नाघेको छ । बैंकको प्रतिशेयर आम्दानी ९.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ कायम भएको छ भने एनपीएल १०.६५ प्रतिशतबाट घटेर ६.१५ प्रतिशतमा झरेको छ ।

चुक्ता पूँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भमा ४४ करोड ८० लाख रुपैयाँ सञ्चिति रहेको छ भने वितरणयोग्य मुनाफा ५५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ ८६.७१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*