खल्तीको योजना: डिम्याट–मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याक जित्ने अवसर

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने अवसर पाउनेछन् । यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ। तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ । डिम्याट खाता रोक्का भएपछि शेयर खरिद–बिक्रीलगायतका पूँजीबजारसम्बन्धी कारोबारमा असर पर्नसक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ ।
हाल डिम्याट खाताका लागि वार्षिक १०० रुपैयाँ र मेरोशेयरका लागि वार्षिक ५० रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्दै खल्ती ले ‘१००% उपहार’ योजना ल्याएको हो ।
योजनाअन्तर्गत खल्तीबाट मेरोसेयर तथा डिम्याट नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना विजेताले आफूले भुक्तानी गरेको नवीकरण शुल्क बराबरको १००५ क्यासब्याक प्राप्त गर्नेछन् । यस योजना मार्फत प्रयोगकर्ताले वार्षिक शुल्कको भुक्तानीसँगै आकर्षक क्यासब्याक जित्ने अवसर समेत पाउनेछन् ।
खल्तीबाट डिम्याट तथा मेरोसेयर कसरी नवीकरण गर्ने ?
१। खल्ती एप खोल्नुहोस्।
२। फाइनान्सियल सर्भिसेज्मा गई मेरो सेयर एन्ड डिम्याट रिन्युअलमा क्लिक गर्नुहोस्।
३। आफ्नो डिपोजिटरी पार्टिसिप्यान्ट छनोट गरी क्लाइन्ट आईडी राख्नुहोस् ।
४। डिम्याट, मेरोसेयर वा दुवै मध्ये आवश्यक सेवा छनोट गर्नुहोस्।
५। गेट डिटेल्समा क्लिक गरी आफ्नो विवरण पुष्टि गर्नुहोस्।
६। विवरण सही भएपश्चात खल्ती मार्फत केही सेकेन्डमै सुरक्षित रूपमा भुक्तानी सम्पन्न गर्नुहोस्।
प्रयोगकर्ताले आफ्नो ब्रोकर वा डिपोजिटरी पार्टिसिप्यान्टको वेबसाइटबाट नवीकरण गर्दै हुनुहुन्छ भने खल्ती पेमेन्ट गेटवे मार्फत पनि डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क सहज रूपमा भुक्तानी गर्न सकिनेछ ।
खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणलाई छिटो, सुरक्षित र सहज बनाउन एप तथा पेमेन्ट गेटवे दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। प्रयोगकर्ताले घरमै बसेर २४ घण्टा सेवा प्रयोग गरी आफ्नो नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्।











