काठमाडौं, ललितपुर र मोरङमा घरजग्गा खोज्दै सूर्यज्योति लाइफ
१५ श्रावण २०८३, शुक्रबार १०:३८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसायिक तथा कार्यालय प्रयोजनका लागि काठमाडौं, ललितपुर र मोरङमा घरजग्गा खरीद गर्ने भएको छ ।
कम्पनीले काठमाडौं तथा ललितपुरमा न्यूनतम २४ आना र मोरङको विराटनगरमा न्यूनतम ३ कठ्ठा जग्गा खरीद गर्ने जनाएको छ । तोकिएको स्थानमा घरजग्गा भएका धनीले बिक्री गर्न चाहेमा आगामी ३० दिनभित्र आवश्यक कागजात सहित बोलपत्र पेश गर्नु पर्नेछ ।
जग्गाको चारकिल्ला छुट्टिने गरी बाउण्ड्री निर्धारण गरिएको, साँध सीमामा स्पष्ट भएको र संधियारहरूसँग विवाद नभएको हुनु पर्नेछ । साथै जग्गाको नक्सा तथा फिल्डमा कम्तीमा ६ मिटरको पक्की सडकको पहुँच भएको हुनुपर्ने लगायका शर्त रहेको कम्पनीले जनाएको छ ।











