कुवेतमा ड्रोन आक्रमणमा परी नेपाली सवारी चालकको मृत्यु

१५ श्रावण २०८३, शुक्रबार १०:५९

काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। आक्रमणमा परी तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको ज्यान गएको हो। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए।

कुवेतस्थित नेपाली राजदूतावासले बिहीबार भएको उक्त घटनामा तामाङको मृत्यु भएको पुष्टि गर्दै कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाएको छ।

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार मृतकको शव कानुनी प्रक्रिया पूरा गरी सकेसम्म चाँडो नेपाल पठाउने तयारी भइरहेको छ। यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य अघि बढाइएको दूतावासले जनाएको छ।

घटनापछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै राजदूतावासले कुवेतमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुवेती सरकारले जारी गरेका सुरक्षा निर्देशिका र मापदण्डको पूर्ण रूपमा पालना गर्न, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षित स्थानमा बस्न पनि अनुरोध गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*