२१ साउनदेखि करदाता प्रोत्साहन उपहार योजना लागू, मोबाइल एप अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

१५ श्रावण २०८३, शुक्रबार ११:१८

काठमाडौं । सरकारले घोषणा गरेको बिलमा आधारित करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३ आगामी २१ साउन २०८३ देखि कार्यान्वयनमा आउने भएको छ। कार्यक्रम सञ्चालनका लागि आन्तरिक राजस्व विभागले आवश्यक कार्यविधिसमेत तयार गरिसकेको छ।

यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै विद्युतीय भुक्तानी सेवा प्रदायक (पीएसपी) कम्पनीहरूलाई आवश्यक प्राविधिक व्यवस्था मिलाउन तथा सेवाग्राहीलाई कार्यक्रमबारे जानकारी गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकका अनुसार नेपाल सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३ सञ्चालनका लागि विद्युतीय प्रणालीबीच अन्तरआबद्धता स्थापित गर्न अनुमतिपत्रप्राप्त सबै संस्थालाई आवश्यक निर्देशन दिइएको हो।

परिपत्रअनुसार सबै पीएसपीहरूको मोबाइल एपमा करदाता प्रोत्साहन उपहार कार्यक्रमसम्बन्धी बारम्बार सोधिने प्रश्न (एफएक्यू) को छुट्टै खण्ड समावेश गर्नुपर्नेछ।

त्यसैगरी, २१ साउनदेखि मोबाइल एपमार्फत उक्त कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। कार्यक्रम सञ्चालनका लागि मोबाइल एप अद्यावधिक (अपडेट) गर्नुपर्ने भए त्यससम्बन्धी सूचना पनि ग्राहकलाई समयमै पठाउन बैंकले निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*