यी हुन् सिटिजन लाइफका गत वर्षका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता

१५ श्रावण २०८३, शुक्रबार १५:४३

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरूले आर्थिक वर्ष २०८२/०८३ मा आक्रामक रूपमा जीवन बीमा व्यवसाय विस्तार गर्दै उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। कम्पनीका अनुसार अभिकर्ताहरूको अथक मेहनत र समर्पणका कारण लाखौँ नागरिकलाई जीवन बीमाको दायरामा ल्याई जीवन रक्षावरण प्रदान गर्न सफलता प्राप्त भएको हो।

कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा ९३६ करोड रुपैयाँको सकारात्मक व्यवसायिक प्रगति हासिल गर्न योगदान पुर्‍याउने सिटिजन लिडर, कर्मचारी तथा सम्पूर्ण अभिकर्ताप्रति विशेष धन्यवाद तथा बधाई व्यक्त गरेको छ।

उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई विभिन्न विधामा अन्तर्गत कम्पनीले छनोट गरेको छ । टिम बिजनेसतर्फ बानेश्वर शाखाका भेषराज भट्टराई, प्रिमियम व्यवसायतर्फ अर्घाखाँची शाखाका नितेश श्रेष्ठ, बीमालेख सङ्ख्यातर्फ म्याग्दी शाखाकी गीता पौडेल तथा रिक्रुटमेन्टतर्फ सुखड शाखाका दिलबहादुर धामी उत्कृष्ट घोषित भए।

त्यसैगरी लिडिङ सिटिजन लिडर्स (एजेन्सी म्यानेजर्स) तर्फ अत्तरिया शाखाका राजेन्द्रप्रसाद पन्त, मैतीदेवी शाखाका तुकबहादुर राना, अर्घाखाँची शाखाकी निशा श्रेष्ठ, अर्घाखाँची शाखाका नितेश श्रेष्ठ, बिर्तामोड शाखाका ईश्वरीप्रसाद बराल, महाराजगञ्ज शाखाकी गीता रायमाझी, बालाजु शाखाका नरेन्द्र पुन, स्वयम्भू शाखाका सुरेशबाबु शर्मा कट्टेल तथा चाबहिल शाखाकी सुजना लामा उत्कृष्ट भए ।

यस्तै लिडिङ सिटिजन लिडर्सतर्फ सातुङ्गल शाखाका माधवसिंह साउद, बुटवल शाखाकी सरिता ज्ञवाली, स्वयम्भू शाखाकी दीपा चापागाईं, स्वयम्भू शाखाका रोनिज कोजू, गट्ठाघर शाखाकी अनु बस्नेत, कावासोती शाखाका अनुप पौडेल, बालाजु शाखाकी जमुना कडेल माझी, म्याग्दी शाखाकी गीता पौडेल तथा जीतपुर शाखाकी बिन्दु अधिकारी उत्कृष्ट घोषित भए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*