कुमारी बैंकको एक लाख कित्ता शेयर बिक्रीमा
१७ श्रावण २०८३, आईतवार ०७:४५

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमा नै रहने भएकाले हाल उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् ।
शेयर खरीद गर्न इच्छुक संस्थापकले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट सो शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा संस्थापकभन्दा बाहिर सर्वसाधारणलाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।











