अनलाइन बजारमा नक्कली वस्तुको बिगबिगी, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

१७ श्रावण २०८३, आईतवार १३:३५

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ।

विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मसिनो तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो।

विभागका अनुसार नियन्त्रणमा लिइएका उत्पादनको गुणस्तर, मौलिकता तथा उपभोग गर्न उपयुक्त भए–नभएको विषयमा परीक्षण भइरहेको छ।

विभागका महानिर्देशक मोतिराम सापकोटाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै नक्कली उत्पादनको बिक्रीवितरण रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको बताए।

उनले परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए। साथै, बजारमा शङ्कास्पद वा नक्कली उत्पादन देखिएमा विभागलाई तत्काल जानकारी गराइदिन उपभोक्तासँग आग्रह गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*